काठमाडौँ, १ वैशाख । एक किशोरले अमेरिकाको न्युयोर्कस्थित ‘बफेलो सुपरमार्केट’ मा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु हुँदा ३ जना घाइते भएका छन् । आक्रमणपछि किशोरले आत्मसमर्पण गरेका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार, १८ वर्षीय युवकले सैनिक जस्तै देखिने पोशाक र कवच लगाएका थिए । आक्रमणकारी किशोरले हेलमेट लगाएका थिए, जसमा फिक्स क्यामेरा थियो र आक्रमणको लाइभ स्ट्रिमिङ गरिरहेको थियो ।
शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले किशोरले पसल बाहिर चार जनालाई गोली हानेको जानकारी दिए । यसपछि बन्दुकधारी किशोरले गार्डको पनि हत्या गरेको आयुक्तले बताए ।
आक्रमणमा परेका दुईजना गोरा ११ जना काला ररहेको प्रहरीले जनाएको छ । प्रहरीले यसलाई ‘जातीय उत्प्रेरित हिंसात्मक अतिवादी’ आक्रमणको रूपमा अनुसन्धान गरिरहेको छ ।




