मनाङमा निर्वाचनको दिनमा पर्यटकले प्रवेश पाउने

`

     २०७९ वैशाख २८ गते १२:२३

काठमाडौँ, २८ वैशाख । हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनका लागि बाह्य पर्यटकले प्रवेश पाउने भएका छन्।

निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। पर्यटन बोर्डबाट रोडपरमिट लिएर आएका पर्यटकले प्रवेश पाउने उनले बताए।

पर्यटक विशेषगरी सबभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मिटर० पुग्न आउने गरेका छन्। विदेशी पर्यटक विशेषगरी अन्नपूर्ण पदमार्गको यात्रामार्फत् तिलिचो ताल पुग्ने गर्दछन्। साथै,थोराङ्ला पास, तिलिचो ताललगायतका स्थानको भ्रमण तथा अवलोकनका लागि पर्यटक मनाङ आउने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?