दयाहाङ राई तथा विपिन आबद्ध ‘के घर के डेरा’को छायाङ्कन जेठ २ देखि सुरु हुने

`

     २०७९ वैशाख २३ गते २:२३

काठमाडौँ, २३ बैशाख । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’को छायांकन जेठ २ गतेदेखि सुरु हुने भएको छ ।

कोरोना महामारीले छायांकन प्रभावित भएको फिल्म दुई वर्षपछि अन्ततः फ्लोरमा जान लागेको हो ।

दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउत र लक्ष्मी गिरीको मुख्य भूमिका रहने फिल्मको निर्माता शरद् श्रेष्ठ हुन् । फिल्मले झण्डै ४० लाख जनसंख्या रहेको काठमाडौंमा घर हुने र घर नहुनेबीचको असमान जीवनशैलीको कथा भन्छ ।

महेश दवाडीको पटकथा र सिंगे लामाको कथा रहेको फिल्मलाई ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?