काँग्रेसको प्रतिस्पर्धी एमाले हो : रामचन्द्र पौडेल

`

     २०७९ वैशाख २२ गते ३:४३

काठमाडौँ, २२ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी माओवादी नभएर नेकपा एमाले भएको बताए।

चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।

‘कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो,’ उनले भने, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’

उनले ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेको बताए। ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?