काठमाडौँ, १४ बैशाख । राम बाबु गुरुङको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’को ट्रेलर रिलिज भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका ‘कबड्डी ४’को ट्रेलर बुधबार सुष्मा प्रोडक्शन ग्लोबल युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
आगामी जेठ १३ बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मणि नेपाल, जयनन्द लामा, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, सारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनीमाया गुरुङ, उपेन्द्र सुब्बालगायतको अभिनय रहेको छ ।
फिल्मलाई विशाल गुरुङ, सुश्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओम चन्द्र रौनियरले निर्माण गरेका हुन् ।




