कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन : वाङ वेनबिन

`

     २०७९ वैशाख १४ गते १२:०७

काठमाडौँ, १४ बैशाख । मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले कसैले पनि तेस्रो युद्ध नचाहेको कुरा बताएको छ ।

रुसी विदेश मन्त्री सेर्गेई लाभरोभले तेस्रो विश्व युद्धको सम्भावना रहेको भनाइलाइ जवाफमा प्रवक्ता वेनबिनले भने, ‘कसैले पनि तेस्रो विश्व युद्ध देख्न चाहेको छैन । दुवै पक्षले संयमता अपनाई शान्तिपूर्ण तवरले समस्या समाधान गरी छिटोभन्दा छिटो युरोप र विश्वलाई पुग्न सक्ने क्षतिलाई कम गर्न सक्नेछन् ।’

प्रवक्ता वेनबिनले सबै पक्षले अहिलेको अवस्थालाई मध्यनजर गर्दै वार्ता र मध्यस्थतामार्फत द्वन्द्व कम गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । त्यस्तै शीतयुद्धको ३० वर्षपछि फेरि युरोपमा किन अर्को भूराजनीतिक द्वन्द्व उत्पन्न भयो भन्नेबारेमा सुक्ष्म अवलोकन गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?