चलचित्र विकास बोर्डद्वारा एक साताभित्र बक्स अफिस जडान नगर्ने हल बन्द गर्ने निर्णय

`

     २०७९ वैशाख ०९ गते १:०१

काठमाडौँ, ९ बैशाख । चलचित्र विकास बोर्डले एक साताभित्र बक्स अफिस जडान नगर्ने हल बन्द गर्ने निर्णय गरेको छ।

केही फिल्म हलहरूले २०७५ देखि बक्स अफिस प्रणली लागू गर्दै आएका छन् भने केही हलहरूमा अझै बक्स अफिस प्रणली लागू भएको छैन।

शुक्रबार बसेको चलचित्र विकास बोर्डको बैंठकले एक साताभित्रै मुलुकभरका हललाई बक्स अफिस प्रणालीमा लागू गर्न निर्देशन दिएको छ।

‘हामीले धेरै अगाडि देखि नै बक्स अफिस जडान गर्न निर्देशन दिएको हो। अब, एक साताभित्र बक्स अफिस जडान नगर्ने हल बन्द हुन्छ’, बोर्डका सदस्य अर्जुन कुमारले भने।

आगामी सोमबारदेखि मुलुकभरका हलमा अनुगमन गर्ने निर्णय समेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?