युक्रेनमा १५० बालबालिकाको मृत्यु, २४५ जना घाइते

`

     २०७८ चैत्र १८ गते ४:४१

एजेन्सि, १८ चैत्र । युक्रेनको अभियोजक जनरलको कार्यालयले युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि अहिलेसम्म १५० बालबालिकाको मृत्यु भएको र २४५ जना घाइते भएको बताएको छ । युक्रेनको मारिउपोल, चेर्नीहिभ, लुशांक क्षेत्रको विवरण आउन बाँकी रहेको जनाएको छ ।

त्यस्तै रुसको आक्रमणमा अहिलेसम्म युक्रेनमा ८५९ शैक्षिक संस्थामा भत्किएको र ८३ शैक्षिक संस्था पूर्णरुपमा ध्वस्त भएको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।

रुसको आक्रमणपछि ४० लाखभन्दा बढी युक्रेनीले देश छोडी सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?