युक्रेनले मरिउपोल सहरमा आत्मसमर्पण नगर्ने

`

     २०७८ चैत्र ०८ गते ८:३४

काठमाडौँ, ८ चैत्र । रुसको चेतावनीबीच युक्रेनले मरिउपोल सहरमा आत्मसमर्पण नगर्ने जवाफ दिएको छ । यसअघि रुसले मरिउपोलमा आत्मसमर्पण गरी हतियार त्यागेको खण्डमा सेना र सर्वसाधारणलाई सुरक्षित रूपमा अन्य स्थानमा जान दिन ‘अल्टिमेटम’ दिएको थियो ।

तर युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले ‘आफ्नो देशका सेनाले हतियार कुनै पनि हालतमा नत्याग्ने’ बताएकी छन् ।

पछिल्ला दिनहरूमा रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मरिउपोलमाथि नियन्त्रण कायम गर्न संघर्षरत छ । मरिउपोलका नगर प्रमुखले भाडिम बोइचेन्कोले सहरका अधिकांश संरचना ध्वस्त भएका जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?