नेपाल आइडल सिजन-४ को विजेता बने भूपेन्द थापा मगर

`

     २०७८ चैत्र ०५ गते ९:३६

काठमाडौं, चैत ५ । भूपेन्द थापा मगर नेपाल आइडल सिजन-४ को बिजेता बनेका छन् । उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन् । उनले ३० लाख रुपैँया र ट्रफी पाए ।

फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् । उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । उनले ३ लाख रुपैँया र ट्रफी पाए।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?