पल शाह प्रकरण – यो बलात्कार र अपराध दुवै होइन,बलात्कार प्रमाणित पूर्वमन्त्री त पाँच लाख धरौटीमा रिहा भैसके

`

     २०७८ चैत्र ०५ गते १:२५

काठमाडौं, ५ चैत्र । पल शाह र नाबालिकाले मिलेर मि टु गरेको राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले खुलासा गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो वी टु भएको पनि उनको टिप्पणी छ । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

डा। सुरेन्द्र केसीले पल शाह र ती नबालिकाले दुई वर्ष प्रेमिल जीवन बिताएको पनि उल्लेख गरे । उनले भने,‘उनीहरुले दुई वर्ष प्रेमिल जीवन बिताए, अब अहिले युवालाई चाहीँ कहिले तनहुँ, कहिले गैंडाकोट लगिएको छ, सांसद र पूर्वमन्त्रीले त पाँच लाख धरौटीमा रिहा भैसके त, अनि एउटा युवालाई चाहीँ कति दिन न्याँक्नुहुन्छ रु’ उनले नाबालिकालाई बलात्कार गरेको पोहोर हो भने अहिले आएर हल्ला गर्न पाईन्छ रु भन्ने पनि टिप्पणी गरे । उनले यो प्रकरणलाई युवायुवतीले गरेको गल्ती मात्रैको संज्ञा दिए । उनले भने,‘न यो बलात्कार हो, न अपराध हो ।’

पल शाहलाई जबरजस्ति फसाउन खोजिएको भनि उनका फ्यानहरुले निरन्तर त्यसको विरोध,भण्डाफोर गर्दै आईरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?