ओटीटी र टिभी अधिकार बाहेक ‘पुष्पा-२’ लाई ४ सय करोडको अफर

`

     २०७८ चैत्र ०४ गते ८:३५

काठमाडौँ, ४ चैत्र । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको लोकप्रिय फिल्म ‘पुष्पा’ को दोस्रो भाग ‘पुष्पा २’ लाई रिलिज हुनुअघि नै ठूला कर्पोरेट प्रोडक्सन हाउसबाट ४ सय करोड रूपैयाँ अफर आएको छ ।

यति ठूलो रकम सिनेमा रिलिजका लागि मात्र हो, यसमा ओटीटी र टीभी अधिकारहरू समावेश छैनन्। तर, पुष्पा मेकर्सले यो अफर स्वीकार गरेको छैन।

यसको दोस्रो भाग यसै वर्षभित्र रिलिज गर्ने गरी निर्माण पक्षले तयारी गरेको छ। बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट केही परिवर्तन गर्ने निर्माण पक्षले बताइसकेको छ।

‘पुष्पा २’ को सफलतामा निर्माता ढुक्क भए पनि अफरको बारेमा केही नसोचेको भन्दै स्वीकार गर्ने या नगर्ने भन्नेबारे केही निर्णय गर्न नसकेको बताइएको छ।

कोरोना महामारीपछि यो फिल्मले सबैभन्दा धेरै कमाउने फिल्मको कीर्तिमानसमेत बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?