एमालेमाथि घेराबन्दी र प्रहार भइरहेको छ । निर्वाचनमा गठबन्धनमा सहकार्य र सहयात्रा होइन एकल तयारीमा लाग्नुस् ।

 

" /> सांसद जित्ने आधार स्थानीय निर्वाचन भएकाले निर्वाचनमा लाग्नुस् केपी ओली - Sarbocha Media

सांसद जित्ने आधार स्थानीय निर्वाचन भएकाले निर्वाचनमा लाग्नुस् केपी ओली

`

     २०७८ चैत्र ०२ गते १२:१५

काठमाडौँ,  चैत्र २ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई छक्याइरहेको बताएका छन् ।

संसदीय दलको बुधबारको बैठकमा ओलीले सत्तारुढ गठबन्धनले अमेरिकालाई समेत छक्याएकाले अरुलाई छक्याउन पछि नपर्ने बताएको छ ।

चुनावी सरकार भएकाले प्रमुख प्रतिपक्षमाथि चौतर्फी प्रहार गरिरहेको पनि ओलीले बताएका थिए । उनले त्यसको सामना गरेर स्थानीय तह निर्वाचनमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

एमाले निर्वाचनमा एक्लै जाने र त्यसैमा ध्यान केन्द्रित गर्न पनि ओलीले सांसदहरूलाई भने छ ।

एमालेमाथि घेराबन्दी र प्रहार भइरहेको छ । निर्वाचनमा गठबन्धनमा सहकार्य र सहयात्रा होइन एकल तयारीमा लाग्नुस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?