दयाहाङ राई अभिनीत ‘२ नम्बरी’ मा पल पल शाहको ठाउँमा सौगातको ‘इन्ट्री’

`

     २०७८ चैत्र ०२ गते ६:५०

काठमाडौँ, २ चैत । फिल्म ‘२ नम्बरी’मा पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ ।

प्रस्तुतकर्ता किरण नेपालीले चैत १५ गतेदेखि फिल्म छायांकन सुरु हुने बताए । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको हो ।

दुई वर्षअघि छायांकन सुरु गर्दा फिल्ममा पल शाहको मुख्य भूमिका थियो । तर कोरोना महामारीले छायांकन बीचमै रोक्नुपर्‍यो ।

पल यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा अभिनेता सौगातलाई अनुबन्धित गरेको हो । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?