यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन ।

" /> बङ्गलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’, अनुमति दिए सरकारविरुद्ध नै आन्दोलन गर्ने - Sarbocha Media

बङ्गलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’, अनुमति दिए सरकारविरुद्ध नै आन्दोलन गर्ने

`

     २०७८ फाल्गुन २८ गते ३:३६

काठमाडौँ, २८ फाल्गुन । बलिउड अभिनेत्री सनी लियोनीलाई सन् २०१५ पछी पुन बंगलादेशले ‘वर्क परमिट’ दिन अस्वीकार गरेको छ । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् ।

सनीको ‘वर्क परमिट’लाई मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ बंगलादेशले दिन अस्वीकार गरेको छ । बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई बंगलादेश आउने अनुमति दिए सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन् ।

यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?