अब टिकटकमा सजिलै १० मिनेटको भिडियो बनाउन सकिने

`

     २०७८ फाल्गुन १९ गते ८:२६

काठमाडौँ, फाल्गुन १९ । टिकटकले आफ्ना प्रयोगकर्तालाई सिर्जना र मनोरञ्जनमा थप समय प्रदान गर्न भिडियोको अवधि बढाइएको जानकारी गरेको छ । अब १० मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ । चिनियाँ टेक जायन्ट टिकटकमा सुरुमा जम्मा १५ सेकेन्डको भिडियो राख्न पाइन्थ्यो । पछि त्यसलाई बढाएर ६० सेकेन्ड पुर्‍याइयो भने गत जुलाइदेखि टिकटकले ३ मिनेट लामो भिडियो अपलोड गर्न सकिने सुविधा दिएको थियो ।

टिकटकका प्रवक्तालाई उदृत गर्दै द भर्जले लेखेको छ, ‘यो नयाँ सुविधाप्रति हामी उत्साहित छौं । यसले विश्वभरका हाम्रा रचनाकारलाई अझ बढी रचनात्मक बन्न सघाउने अपेक्षा गरेका छौं ।’अब भने प्रयोगकर्ताले टिकटकमा एकैपटक १० मिनेट लामो भिडियो राख्न सक्नेछन् । कम्पनीका अनुसार टिकटकमा मासिक १ अर्ब मानिसले लगइन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?