पत्रकार सुवेदीले ठगराज फिल्म निर्माण गर्दै

`

     २०७८ माघ २० गते ५:२१

काठमाडौँ, २० माघ । लक्ष्मण सुवेदीले फिल्म ‘ठगराज’ निर्माण गर्ने भएको छ । सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर बुधबार सुवेदीले फिल्मको घोषणा गरेका हुन् ।

करिव दुई दशक रंग पत्रकारिता गरेका सुवेदी कै लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको ब्यानरमा बन्न लागेको फिल्मका लागि कलाकार तथा अन्य टिमको बारेमा केही समयमा जानकारी गराइने निर्देशक सुवेदीले बताए ।

चैत्र अन्तिमबाट छायाङ्कन सुरु हुने फिल्म सामाजिक कथा, कमेडी, प्रेम र सेन्टिमेन्ट एउटा प्याकेज हुने निर्देशक सुवेदीले जानकारी दिए । फिल्म ‘एउटा साथी’ बाट निर्देशनमा डेब्यु गरेका सुवेदीले त्यसपछि ‘लाल जोडी’ फिल्म निर्देशन गरेका थिए । ‘कृष्ण लीला’, ‘आरोप’ जस्ता फिल्मको कथा, पटकथा तथा संवाद समेत लेखिसकेका उनी फिल्म ‘स्टार’ मा कार्यकारी निर्माताको रुपमा थिए ।

सुवेदीले टेलिसिरियल र छोटा फिल्म समेत थुप्रै निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?