महानायक राजेश हमालले गाए अर्को गीत

`

     २०७८ माघ १६ गते १२:२५

काठमाडौँ, १६ माघ । महानायक राजेश हमालले अर्को एक गीत गाएका छन् ।

आफ्नो चलचित्र करिअरको तीन दशकपछि हमालले तीन महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका हुन् ।

हमालले गाएको नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् ।

संगीतकार श्रेष्ठले गीत रमाइलोसँगै सन्देशमूलक रहेको बताए । ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोच अनुसार सहकार्य भएको श्रेष्ठले बताए ।

अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?