देश विकाशको अभिभारा एमालेको काँधमा आएको छ: ओली

`

     २०७८ पौष २६ गते १:३४

काठमाडौँ, २६ पौष । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको बताएका छन् । नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताएका हुन् ।

एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरूले आफू नेतृत्वको सरकार ढालेको उनले आरोप लगाए ।

फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उनको दाबी छ ।

ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको समेत बताएका छन् । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल ९प्रचण्ड०हरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?