काठमाडौँ, २२ पौष । चर्चित दक्षिण कोरियाली ३० वर्षीय अभिनेत्री किम मि सूको निधन भएको छ ।
‘स्नोड्रपु’ नामक सिरिजबाट चर्चा कमाएकी किम मि सूको निधनको पुष्टि उनले काम गरिरहेको एजेन्सी ल्यान्डस्केप इन्टरटेनमेन्टले गरेको हो। कम्पनीले विज्ञप्ति जारी गरी उनको निधनबारे जानकारी दिएको हो।
किम मि सू मोडल समेत थिइन्। उनले सन् २०१८ मा ‘लिपस्टिक रिभोलुसनु’ सिरिजबाट अभिनय थालेकी थिइन्। यसमा सहायक भूमिका मात्र खेले पनि उनको अभिनयको निकै चर्चा भएको थियो।
यसपछि उनी सन् २०२० मा ‘हाइ, बाइ मामा’ सिरिजमा देखा परिन्। यसमा उनी प्रमुख पात्रकी बिहिनीका रूपमा देखा परेकी थिइन्। यसबीच पनि उनले केही कार्यक्रममा काम गरिन्।




