समाजवादीले बोलायो बैठक

`

     २०७८ पौष १९ गते ८:४६

काठमाडौँ, १९ पौष । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्न बैठक बोलाएको छ । सत्ता गठबन्धनबीच बालुवाटारमा १६ सिट बाँडफाँडपछि सो पार्टीले आफ्नो भागमा परेका ५ सिटका लागि उम्मेदवार छान्न बैठक बोलाएको हो ।

महासचिव डा। बेदुराम भुसालका अनुसार सचिवालय बैठक बसेर उम्मेदवारको नाम टुङ्ग्याउने तयारी छ ।

सत्ता गठबन्धनबीच एकीकृत समाजवादीले २ नम्बर र गण्डकी प्रदेशबाहेकमा उम्मेदवारी दिनेछ ।

एकीकृत समाजवादीले बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिमबाट एक–एक जना सांसद गुमाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?