नेप्से बुधवार पनि ओरालो, २ अर्ब ६६ करोडको कारोबार

`

     २०७८ मंसिर २२ गते १०:०५

काठमाडौँ, २२ मंसिर । आज नेप्से ५३ अंकले झरेसागै २४५५ अंकमा झरेको छ । यो अंक २०७७ चैत ४ (२४३१) गतेयताकै न्यून विन्दु हो ।

मुख्यतस् बैंकहरुमा तरलताको चरम संकट उत्पन्न भएसँगै बजार प्रभावित भएको हो । भदौको ३ गते कारोबार भइरहँदा परिसूचकले ३२ सय अंक नाघेको थियो ।

बुधबार जम्मा २ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार सेयर बजारका सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ २६, ब्यापार ९९, होटल तथा पर्यटन ७५, विकास बैंक १५१, जलविद्युत ८९, फाइनान्स ७४, निर्जीवन बीमा २३५, उत्पादन १७०, अन्य २२, माइक्रोफाइनान्स १२५ र जीवन बीमा उपसमूह २९४ अंकले घटे ।

यस दिन ७ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । स्टान्डर्ड चार्टड बैंकको मूल्य सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?