यो गाडी प्रयोगकर्ताले सहजै चलाउन सक्ने गरी डिजाइन गरिएको छ भने यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिनेछ ।
ह्विलचियर सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले बनाएका हुन् ।
विद्यार्थी निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् ।
त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वतः प्रयोगकर्ताको लोकेसन पठाउँछ ।
इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वतः इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।
यस गाडीले असक्त व्यक्तिहरूलाई हिँडडुल गर्न सहज बनाउने देखि उनीहरूको सुरक्षित यात्राको सुरक्षा  प्रत्याभूति गराएको विद्यार्थी गौतमको भनाई रहेको छ ।
बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौँको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि गत वर्ष इनोभेसन हब तयार पारेको थियो। सोही इनोभेसन हवमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर विद्यार्थीले बनाएका हुन् ।
कलेजका डाइरेक्टर विनोद श्रेष्ठका अनुसार कार्यक्रम भव्यता एवम् सफलतापूर्वक समापन भएको थियो ।

नेपाल आईओटी च्यालेन्ज सुरु, प्रवेश निःशुल्क

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको नेपाल आईओटी च्यालेन्ज अन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना गरिएको छ ।
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् । निःशुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।
विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरूलाई कलेजले गरेको १० दिने निःशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।
प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।
पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।
" /> सफ्टवेरिकाका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी ह्विलचेयर - Sarbocha Media

सफ्टवेरिकाका विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी ह्विलचेयर

`

     २०७८ मंसिर २१ गते ८:५४
काठमाडौँ । सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले फोर ह्विलर मोबिलिटी ह्विलचियर बनाएर सार्वजनिक गरेका छन् । अपाङ्गता दिवसको अवसरमा असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै विद्यार्थीहरूले उक्त काम सफलतापूर्वक गरेका हुन् ।
एउटा गाडीमा हुने जस्तै उक्त विद्युतबाट चल्ने व्हीलचेयरमा सम्पूर्ण सुविधा रहेका छन् । सो विद्युतीय गाडी फुल चार्जमा ३५ देखि ४० किलोमिटर सम्म गुड्न सक्ने जनाइएको छ ।
 यो ह्विलचियर कच्चीबाटोमा समेत चलाउन सकिने छ भने ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्ने बताइएको छ ।
 कलेजका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार व्हीलचेयर राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा निर्माण गरिएको हो । भविष्यमा व्हीलचेयर बजारिकरण आविष्कार केन्द्रले गर्नेछ । ह्विललचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहनेछ ।
यो गाडी प्रयोगकर्ताले सहजै चलाउन सक्ने गरी डिजाइन गरिएको छ भने यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिनेछ ।
ह्विलचियर सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले बनाएका हुन् ।
विद्यार्थी निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् ।
त्यस्तै यदि प्रयोगकर्ता कतै हराए वा उनको गाडी कतै गएर रोकियो भने सो एपले इमर्जेन्सीमा भएको नम्बरमा स्वतः प्रयोगकर्ताको लोकेसन पठाउँछ ।
इन्टरनेट नभएको अवस्थामा भने गाडीमा नै भएको इमर्जेन्सी बटनमा क्लिक गरेपछि प्रयोगकर्ताको लोकेसन म्यासेज स्वतः इमर्जेन्सी कन्ट्याक्टमा राखिएको नम्बरमा जान्छ र सो म्यासेजमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ताको लोकेसन सो मोबाइलमा खुल्नेछ ।
यस गाडीले असक्त व्यक्तिहरूलाई हिँडडुल गर्न सहज बनाउने देखि उनीहरूको सुरक्षित यात्राको सुरक्षा  प्रत्याभूति गराएको विद्यार्थी गौतमको भनाई रहेको छ ।
बेलायतको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौँको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि गत वर्ष इनोभेसन हब तयार पारेको थियो। सोही इनोभेसन हवमा फोर ह्विलर मोबिलिटी व्हीलचेयर विद्यार्थीले बनाएका हुन् ।
कलेजका डाइरेक्टर विनोद श्रेष्ठका अनुसार कार्यक्रम भव्यता एवम् सफलतापूर्वक समापन भएको थियो ।

नेपाल आईओटी च्यालेन्ज सुरु, प्रवेश निःशुल्क

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको नेपाल आईओटी च्यालेन्ज अन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना गरिएको छ ।
प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् । निःशुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए ।
विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरूलाई कलेजले गरेको १० दिने निःशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।
प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।
पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?