लिङ्देनको प्यानलबाट रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

`

     २०७८ मंसिर १५ गते ११:०६

काठमाडौं, मंसिर १५ । अभिनेतृ रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन्।

बुधबार काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा लड्ने तयारी गरिरहेको बताइएको छ। काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले यसबारे औपचारिक रुपमा भने बोलेकी छैनन्। तर, उनी निकटस्थहरुका अनुसार रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन्।

रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन्।

पार्टीको विधानअनुसार एक महिलासहित ४ उपाध्यक्ष र १ महिलासहित ३ महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ। रेखा महिला महामन्त्रीमा उठ्न लागेकी हुन्। लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?