कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सभापतिमा उम्मेदवारी दिने

`

     २०७८ आश्विन २० गते ९:४१

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।

बुधवार कांग्रेस नागार्जुन नगरसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।

विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भन्नुभयो, “अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ र? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने र?”

आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उहाँले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?