१४ वर्षमुनिका प्रयोगकर्ताले ४० मिनेट मात्र टिकटक चलाउन पाउने

`

     २०७८ आश्विन ०५ गते ४:५९

काठमाडौँ, ५ असोज । चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनको ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् । चिनियाँ भर्जनको टिकटक ‘दोयिन’ ले ‘टिनेज मोड’ सुरु गरेको हो ।

टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई समयावधि तोकिएको जानकारी दिएको छ । साथै उक्त उमेर समूहका प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १० बजेको बीचमा मात्रै टिकटक चलाउन पाउनेछन् । साथै प्रयोगकर्ताले वास्तविक नाममा टिकटक आइडी बनाउनुपर्नेछ ।

त्यस्तै संवदेनशील विषयमा बनाइने भिडियोमाथि पनि कडा निगरानी राखिने र उक्त सामग्री तुरुन्त हटाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?