नयाँ फिल्मको शुटिंगको लागि अमिताभ बच्चन नेपाल आउँदै, शुटिंग ४० दिनभन्दा बढी हुने

`

     २०७८ भाद्र १६ गते ८:३६

काठमाडौँ, १६ भदौ । बलिउडको चर्चित अभिनेता अमिताभ बच्चनको नयाँ फिल्म नेपालमा शुटिंग हुने भएको छ । उक्त पिल्मको लागि आगामी अक्टोबरमा अमिताभ बच्चनसहितको शुटिंग युनिट नेपाल आउने छन् ।

ुउचाईु नामको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बमन इरानी, निना गुप्ता लगायतका कलाकारले अभिने गर्ने यस फिल्मको धेरै जसो शुटिंग नेपालमा हुने कोइमोई डटकमले उल्लेख गरेको छ ।

साथीहरुको कथामा बन्ने यो फिल्म सुरज बारजात्याले निर्देशन गर्दै छन् ।

कोरोना महामारीका कारण विश्वका कैयौं देश शुटिंगका लागि सुरक्षित नभएपछि निर्देशक बारजात्याले नेपालमा बायो बबल प्रोटोकल अपनाएर शुटिंग गर्न लागेको पिंकभिल्लाले लेखेको छ । नेपालमा यस फिल्मको शुटिंग ४० दिनभन्दा बढी हुने बताइएको छ ।

पारिवारिक र सन्देशमूलक फिल्म बनाउन निकै चर्चित रहेको राजश्री प्रोडक्सनका मालिक समेत रहेका बारजात्याले यस फिल्मलाई २०२२ को मध्य पछि रिलिज गर्ने योजना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?