जनकपुरधाम, २२ साउन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले छिट्टै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता निधीले न्यूनतम साझा कार्यक्रम टुंगो लागेकाले अब छिट्टै मन्त्रिपरिषद् वितार हुने बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सबै दललाई सरकारमा सहभागी गराउन प्रयास भइरहेको निधीले बताए।
उपसभापति निधीले १४ औँ महाधिवेसन भदौमै हुने भन्दै आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने बताए। क्रियाशील सदस्यतामा टुंगो लाग्नेबित्तिकै महाधिवेसन हुने भन्दै उनले महाधिवेशनलाई सारेर तदर्थ समिति बनाउनु ठीक नहुने बताएका हुन्।




