काठमाडौँ, ३ असार । जेबियर लिटरेचर क्लबले विगतमा झैँ यसपटक पनि जुममाफॅत “मेरो कविता र म – २” शिर्षकमा महिला कवि सम्मेलनको आरोजना गरेको छ । वरिष्ठ कवयित्री कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा करीब दुई दर्जन कवयित्रीहरूले आफ्ना दुईदुई वटा कविता वाचन गरेका थिए । महिला कवयित्रीहरूका करीब तीन पुस्ताको उपस्थिति रहेको उक्त कवि सम्मेलनमा संयोजक इन्द्रकुमार श्रेष्ठ सरित् ले सम्पूर्ण सहभागीहरूलाई स्वागत गरेका थिए भने परिकल्पनाकार दीपेन दाहालले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा जेबियर कलेजका विद्यार्थीहरूले पनि आआफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा उपस्थित भइ आफ्ना रचना वाचन गर्ने कवयित्रीहरूः
– कुन्ता शर्मा – गङ्गा कर्माचार्य पौडेल
– डा. शैलजा पोखरेल – सरस्वती गौतम
– सुशील ढकाल अधिकारी
– सीता विष्ट कार्की
– तारा केसी
– ममता मृदुल
– सरस्वती श्रेष्ठ सरु
– राधा कार्की
– द्वारिका कुइकेल
– उर्मिला पन्त पाण्डेय
– कमला ढकाल अधिकारी
– सीता आस्था ढुङ्गेल
– सुधा मैनाली
– आश्मा अर्याल
– गङ्गा अभिलाषी
– कौशीला रिसाल
– जीविका अश्रु

– रेखा सुवेदी
– चन्द्रा नेउपाने
– कविता के. विष्ट
– कला पोखरेल रहेका थिए । कार्यक्रममा नेपाल, भारत र अमेरिकाका कवयित्रीहरूको संलग्नता रहेको थियो । महिला कवित सम्मेलनमा समालोचनात्मक टिप्पणी कवि तथा समालोचक सुधा मैनालीले गर्नु भएको थियो ।




