यसपटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन। विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिएका छन्।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञिप्तिअनुसार गृहको जिम्मेवारी खगराज अधिकारी, नैनकला थापा (बादल पत्नी) सञ्चार, नारदमुनि राना वन, ज्वालाकुमारी शाह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्री र रेणुका गुरुङ महिला राज्यमन्त्री भएका छन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथग्रहण बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिको कार्यालय शीलतनिवासमा हुने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

" /> राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार - Sarbocha Media

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार

`

     २०७८ ज्येष्ठ २७ गते ९:५०

काठमाडौँ, २७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेकी छन्। यसअघि १७ सदस्य रहेको मन्त्रिपरिषदमा ८ सदस्य थप्दै २५ जना पुर्याइएको छ।

यसपटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन। विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राखेका छन भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिएका छन्।

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञिप्तिअनुसार गृहको जिम्मेवारी खगराज अधिकारी, नैनकला थापा (बादल पत्नी) सञ्चार, नारदमुनि राना वन, ज्वालाकुमारी शाह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्री र रेणुका गुरुङ महिला राज्यमन्त्री भएका छन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथग्रहण बिहीबार दिउँसो ४ बजे राष्ट्रपतिको कार्यालय शीलतनिवासमा हुने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?