उनका अनुसार, मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो ।

केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा। काफ्लेले बताए ।

योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १५ जना महिला रहेका छन् भने ३५ जना पुरुष रहेका छन् ।

" /> हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु - Sarbocha Media

हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

`

     २०७८ ज्येष्ठ ११ गते ६:१०

हेटौँडा, ११ जेठ । कोरोना संक्रमणबाट उपचारका क्रममा हेटौडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो ।

केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा। काफ्लेले बताए ।

योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १५ जना महिला रहेका छन् भने ३५ जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?