कोरोनाका कारण उनको भारतको मुम्बईमा निधन भएको हो । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर बाहिर ल्याएका हुन् । ‘एक धेरै दुःखद समाचार साच्चै म अझै स्तब्ध छु’ अनमोलले अगाडि लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुशी र जीनियश दिमाग सम्झन्छु ।’

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको ‘माइती घर २’ लाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना मात्र भएको थियो । सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् ।

‘माइती घर २’ भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइती घर’ सिक्वेलको रुपमा निर्माण गर्न लागेका हुन् ।

" /> ‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको कोरोना सङ्क्रमणबाट निधन - Sarbocha Media

‘माइतीघर २’ का निर्देशक सुवोध चोपडाको कोरोना सङ्क्रमणबाट निधन

`

     २०७८ वैशाख ३१ गते १२:१५

काठमाडौँ, ३१ वैशाख । अभिनेता भुवन केसीले निर्माण तयारी गरेको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ ।

कोरोनाका कारण उनको भारतको मुम्बईमा निधन भएको हो । अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत सुबोधको निधनको खबर बाहिर ल्याएका हुन् । ‘एक धेरै दुःखद समाचार साच्चै म अझै स्तब्ध छु’ अनमोलले अगाडि लेखेका छन् ‘मेरो आगामी प्रोजेक्ट ‘माइती घर २’ का निर्देशक सुबोध चोपडा अब हामीसँग हुनुहुन्न् । म अझै पनि तपाईको खुशी र जीनियश दिमाग सम्झन्छु ।’

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुन लागेको ‘माइती घर २’ लाई चोपडाले निर्देशन गर्ने घोषणा गत महिना मात्र भएको थियो । सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् ।

‘माइती घर २’ भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइती घर’ सिक्वेलको रुपमा निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?