काठमाडौँ, ६ वैशाख । मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठ लगाएत उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्र्, ‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।’
श्रेष्ठको आज परेको जन्मदिनमा पोस्टमार्फत शुभकामना दिएका सम्पूर्णलाई धन्यावाद पनि दिएका छन् ।




