काठमाडौं,२४ चैत। नेपालको पूर्वी भू-भागमा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार साँझ ९ बजेर ४ मिनेट जाँदा भारत र भूटानको सिमाना नजिक केन्द्रबिन्दु भएर ५ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का प्रदेश १ का धेरैजसो जिल्लाहरुमा महसुस गगरिएको थियो ।
भूकम्पको धक्काका कारण इलाम, पाँचथर, तेह्रथुम, झापाका स्थानीय त्रसित भएका छन् ।




