एजेन्सी, २७ माघ । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाई राजीव कपुरको मंगलवार निधन भएको छ । राजीवले ‘राम तेरी गंगा मैली’ लगायत दर्जनौ फिल्ममा अभिनय गरेका छन् ।
अभिनेता ऋषि कपुरकी श्रीमती नितु कपुरले सामाजिक सञ्जाल मार्फत राजीवको निधन भएको पुष्टि गरेकी छिन् ।
उनको हृदयाघातले निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । हृदयाघात भए लगत्तै उनका भाई रणधिरले अस्पताल लिएर गएका थिए । अस्पताल पुगे लगत्तै डक्टरले उनलाई मृत घोषित गरेका थिए ।




