काठमाडौं, ४ पुस । सर्वोच्च अदालतको बार एशोसिएसनमा नयाँ कार्यसमिति चयन गर्न आज शनिबार निर्वाचन सुरु भएको छ ।
अविधक्ताद्वय रविनारायण खनाल र पूर्णमानव शाक्य नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा मतदान बिहान ८ बजे सुरू भएर दिउँसो २ बजेसम्म जारी रहने बताइएको छ । सर्वोच्चको बारका सदस्यहरू कुल ६०५ जना कानुनी व्यवसायीले नेतृत्वका लागि मतदान गर्नेछन् ।




