advertisement

मलाला एनिकास टिभी र रेडियोमा कार्यरत रहेकी थिइन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको बताएका छन् ।

" /> अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या - Sarbocha Media

अफगानिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

`

     २०७७ मंसिर २५ गते २:१७

एजेन्सी, २५ मंसिर। पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ । महिला पत्रकार मलाला माएम्वदको बिहीबार अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

अफगानिस्तानको जलालावादमा निजी कामको सिलसिलामा हिँडिरहेकी उनको गाडीमाथि हतियारीधारी व्यक्तिहरुको समूहले गोली प्रहार गरेको थियो । आक्रमणमा उनका चालक समेत मारिएका छन् । आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

advertisement

मलाला एनिकास टिभी र रेडियोमा कार्यरत रहेकी थिइन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीले आक्रमणकारी भाग्न सफल भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?