काठमडौं, २२ मंसिर । अभिनेत्री श्वेता खड्काको आज सोमबार विवाहको मेहेन्दी लगाएको तस्वीरहरु सार्वजनिक गरिएको छ ।
खडकाले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तयारी र मेहन्दीको फोटो सार्वजनिक गरेकी हुन् । उनले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकीबारे आफ्नो फेसबुकमार्फत बताएकी छन् ।

अभिनेत्री खड्ले फेसबुकमा लेखेकी छिन्, ‘मेहन्दीको रङहरूसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ उनलाई शुभकामना तथा बधाई दिएका छन् ।

श्वेता र श्री कृष्णको विवाह भएको एक महिनापछि श्री कृष्णको निधन भएको थियो । २०७० सालमा उनीहरुको विवाह भएको थियो ।




