एजेन्सी, ९ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनलाई कार्यभार सम्हाल्न दिन स्वीकार गर्नसक्ने जनाएको छ ।
उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताए। तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ।

जिएसएले पनि बाइडनलाई स्पष्ट विजेताको रूपमा आफूले स्वीकार गरेको जनाएको छ। बीबीसीबाट




