advertisement

त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो। बीबीसीबाट

" /> बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नु एक दिनअघि इराक र अफगानिस्तानबाट थप सैनिक फिर्ता हुने - Sarbocha Media

बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नु एक दिनअघि इराक र अफगानिस्तानबाट थप सैनिक फिर्ता हुने

`

     २०७७ मंसिर ०२ गते ४:००

एजेन्सी, २ मंसिर । अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन्।

अफगानिस्तानमा सन् २०२१ को ज्यानुअरीसम्म आधा सैनिक फिर्ता गरेर २,५०० जनामा झारिने अधिकारीहरूले बताएका छन्। त्यस्तै इराकमा ५०० सैनिक कटौती गरेर २,५०० मात्र राखिने बताइएको छ।

राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको बताएका थिए। सैनिक फिर्ता ल्याउने काम ज्यानुअरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन्।

advertisement

त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?