advertisement

यो बुझाउन मुसलमान बहुल देशका नेताहरुले नसकेको उनको भनाइ छ । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा जोड दिएका छन् ।

" /> पश्चिमा देशले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको इमरान खानले गरे टिप्पणी - Sarbocha Media

पश्चिमा देशले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको इमरान खानले गरे टिप्पणी

`

     २०७७ कार्तिक १५ गते ५:३८

एजेन्सी,१५ कात्तिक । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका छन् ।

इस्लामावादमा शुक्रबार आयोजित एक कार्यक्रममा खानले इस्लामलाई मान्नेहरुमा पैगम्बर मोहम्मदप्रति जुन भावना छ, त्यसको बारेमा पश्चिमी देशहरुलाई कुनै जानकारी नभएको बताएका छन्।

पश्चिमा देशहरु इस्लाम, पैगम्बर र मुसलमानबीचको सम्बन्धलाई बुझ्न नसक्ने जनाएका छन् । उनले भने, ‘उनीहरुसँग ती किताब छैनन्, जो हामीसँग छन् । त्यसैले उनीहरुले बुझ्न सक्दैनन् ।’

advertisement

यो बुझाउन मुसलमान बहुल देशका नेताहरुले नसकेको उनको भनाइ छ । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अरुको भावनामा चोट पुर्याउन नहुनेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?