एजेन्सी, १५ असोज । आगन्तुकलाई गाली गर्ने पाँच वटा सुगालई चिडियाखानाबाट हटाइएको छ ।
गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगालाई क्वारन्टीनमा राखिएको थियो। पछि मुख्य पक्षीशालामा सारिएपछि ती सुगाहरूले आफूलाई मन लागेको भाषामा गाली गर्न थाले।
अहिले ती सुगालाई उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ। जेस न्यूटनले ती चराहरू ल्याइएपछि उनीहरूसँग काम गर्न निकै रोमाञ्चक रहेको बताइन्। ती सुगाहरू प्रतिक्रिया व्यक्त गर्ने गाली गर्ने गरेको र यदि मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुने जनाइएको छ ।

केही आगन्तुकले त्यसलाई रमाइलो माने पनि सप्ताहान्तमा बालबालिकाले पार्कको भ्रमण गर्ने भएकाले त्यहाँबाट ती चराहरू हटाउने निर्णय गरेको उनले बताए। बीबीसीबाट




