एजेन्सी, १२ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डोनल्ड ट्रम्पले सन् २०१६ मा सङ्घीय आयकर बापत जम्मा सातसय पचास डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेको न्यू योर्क टाइम्स पत्रिकाले जनाएको छ ।
उनी त्यसबेला राष्ट्रपतीय उम्मेदवार बनेका थिए र विजयी भएर ह्वाइट हाउसमा पहिलो वर्ष विताएका थिए। डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउने न्यू योर्क टाइम्सले उनले विगत १५ वर्षमध्ये १० वर्ष कति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ।

उक्त पत्रिकाका अनुसार ती कर अभिलेखले ‘निरन्तरको घाटा र वर्षौँको कर छलीू लाई उजागर गर्दछन्।
डोनल्ड ट्रम्पले उक्त समाचारलाई ‘फेक न्यूजू अर्थात मिथ्या समाचार भनेका छन्। यो खबर बीबीसीमा छ ।




