advertisement

स्वाति मालीवालले उक्न दृश्य हेरेपछि आरोपितलाई फाँसीको माग गरेकी छिन्।

" /> घरबाहिर दुध ल्याउनेलाई पर्खिरहनेक्रममा ८६ वर्षीया वृद्धामाथि बलात्कार, आरोपितलाई फाँसीको माग - Sarbocha Media

घरबाहिर दुध ल्याउनेलाई पर्खिरहनेक्रममा ८६ वर्षीया वृद्धामाथि बलात्कार, आरोपितलाई फाँसीको माग

`

     २०७७ भाद्र २५ गते ३:५७

एजेन्सी, २५ भदौ । भारतमा एक जना व्यक्तिले ८६ वर्षीया वृद्धालाई बलात्कार गरेका छन् । वृद्धा महिला साँझ घरबाहिर दुध ल्याउने मान्छेलाई पर्खिरहेकी समयमा एकजनाले लगेर बलात्कार गरेको जनाइएको छ ।

वृद्धालाई पुरुषले जो दिनहुँ दुध दिन आउँदछ ऊ आउँदैन र म अर्को ठाउँमा लगिदिन्छु जहाँबाट दूध पाउन सकिन्छ भन्दै नजिकैको फार्ममा लगेर बलात्कार गरेको दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवाल बताएकी छन् ।

उनी रोइन् र रिहाइको लागि बिन्ती गरिरहेदा त्यहाँबाट हिँडिरहेका केही मानिसहरुले उनको आवाज सुनेपछि उनलाई बचाउन गएको र बचाएको जनाइएको छ । उनीहरुले नै अभियुक्तलाई प्रहरीलाई सुम्पिएको  छ ।

स्वाति मालीवाल मंगलबार पीडितको घरमा गइन्, उनले भनिन्, उनको घरमा पुगेपछिको दृश्यले झन् निराशा र मन कुड्यायो । ‘उनको हात चाउरी थिए । उनको अनुहार र शरीरमा चोटका निशान छन् र उनले मलाई भनिन् कि उनको रगत पनि बग्यो । उनी निकै भयभित छिन् ।’

advertisement

स्वाति मालीवालले उक्न दृश्य हेरेपछि आरोपितलाई फाँसीको माग गरेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?