advertisement

एक फेसबुक प्रवक्ताले भनेका छन्, ‘यो भिडियोले कोभिडको बारेमा गलत दावी गरेको छ र यो हाम्रो नीतिको उल्लंघन हो। हामी कोरोना भाइरसको इन्फेक्टीविटी सम्बन्धी गलत जानकारी फैलाउनेबिरूद्ध छौं।’

" /> फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पका एक पोस्ट - Sarbocha Media

फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पका एक पोस्ट

`

     २०७७ श्रावण २२ गते ७:०६

एजेन्सी, २२ साउन । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोस्ट हटाइएको छ।

राष्ट्रपति ट्रम्पको कोरोना भाइरसको बारेमा पोष्ट पहिलो पटक फेसबुकले हटाइएको जनाइएको छ। फेसबुकका अनुसार उनको पोस्टले गलत सूचना साझा गरेको र नियमहरु उल्लंघन गरेको छ।

ट्रम्पको पोस्टसँगै ट्रम्पको फक्स न्यूजसँग गरेको अन्तर्वार्ताको भिडियो क्लिप पनि थियो। यस भिडियोमा, ट्रम्पले बच्चाहरू कोरोनाबाट लगभग मुक्त छन् भनेर दावी गरेका छन्।

advertisement

एक फेसबुक प्रवक्ताले भनेका छन्, ‘यो भिडियोले कोभिडको बारेमा गलत दावी गरेको छ र यो हाम्रो नीतिको उल्लंघन हो। हामी कोरोना भाइरसको इन्फेक्टीविटी सम्बन्धी गलत जानकारी फैलाउनेबिरूद्ध छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?