advertisement

नयाँ लडाकू बिमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् । लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी बिमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

" /> फ्रान्सेली अत्याधुनिक राफेल लडाकू बिमान भारतका लागि प्रस्थान - Sarbocha Media

फ्रान्सेली अत्याधुनिक राफेल लडाकू बिमान भारतका लागि प्रस्थान

`

     २०७७ श्रावण १२ गते ७:१८

एजेन्सी, १२ साउन । भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू बिमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती लडाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती बिमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल बिमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।

फ्रान्सेली बिमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू बिमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू बिमान खरिद गरेको हो ।

advertisement

नयाँ लडाकू बिमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् । लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी बिमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?