एजेन्सी, ७ साउन । अमेरिका १२ वर्षीय एक बालकले गाडी चोरेका छन् ।
अमेरिकाको डेलवेरस्थित बालकले २००३ फोर्ड रेन्जर पिकअप ट्रक चोरी गरेर भागेका त्यहाँका प्रहरीले जनाएको छ । मालिक न्यु क्यासलस्थित एटिएममा भएको समयमा ग्यास स्टेशनबाट बालकले ट्रक चोरी गरेको बताइएको छ ।
प्रहरीले गाडी चोर्ने बालकको नाम भने गोप्यनै राखिएको छ । ती बालकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झन् तीव्र गतिमा भागेको जनाएको छ । प्रहरीले लखेटेर पक्राउ गर्न खोज्दा गाडि दुर्घटना भएको थियो । ती बालकले गाडी पार्किङ गरिराखेका गाडीसँग ठोक्काएर दुर्घटना गराएका बताइएको छ ।

प्रहरीले उनलाई नियन्त्रण लिएर अनुसन्धान गर्दा उनीमाथ धेरै आरोपहरु लागेको प्रमाणित भएको छ ।




