एजेन्सी, २८ असार । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।
बलिउड अभिनेता अनुपम खेरका अमामा पनि कोरोना संक्रमण फेला परेको उनले बताएका छन् । उनले ट्विटरमा एक भिडियोमा उनकी आमा दुलारीलाई कोरोनाको लक्षण रहेको बताएका हुन्।

अनुपमकी आमाले पछिल्लो केही दिन खान नखाने गरेपछि अस्पतालमा लगेको र कोरोना पोजेटिभ पाइएको जनाएका छन् । उनले यदि अरु कसैलाई भोक लागेन भने पनि कोरोना हुनसक्ने भएको कारण परीक्षण गर्न अस्पतालमा लैजान आग्रह गरेका छन् ।




