advertisement

भुवन केसीको स्टाटसपछि साम्राज्ञीले त्यसको जवाफ पनि दिएकी छिन् । उनले भुवनको “जुन थालमा खाने त्यही थालमा दुलो पार्ने” भन्ने मान्छे मलाई त्यस्तो व्यवाहार नगरेको भए यो अवस्था कहिले पनि नआउने थियो । यो अवस्थाको जिम्मेदार सबै उनै रहेको बताएकी छिन् ।

उनले जापानमा वल्र्ड फङसन हुँदा समेत पनि आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् ।

" /> नेपाली फिल्म क्षेत्रमा महिलाहरुमाथि हुने गरेको दुव्र्यवहारको खुलासा - Sarbocha Media

नेपाली फिल्म क्षेत्रमा महिलाहरुमाथि हुने गरेको दुव्र्यवहारको खुलासा

`

     २०७७ आषाढ १६ गते १:५०

काठमाडौं, १५ असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मको सुटको समयमा आफूमाथि दुव्र्यवहार भएबारे सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत खुलासा गरेकी हुन् ।

सामाग्रीले आफूले काम गरेकी केही फिल्महरुमा आफूमाथि दुव्र्यवहार भएको सामाजिक सञ्जालबाट एक भिडियो मार्फत भनेकी छिन् । उनले आफूलाई त्यस्तो हुँदा पनि आफुले केही बोल्न नसकेको र बोल्न खोज्दा पनि फिल्म क्षेत्रकै केही व्यक्तिहरुले रोकेको बताइन् । अहिले भने उनले यसबारे बोल्नैपर्छ भनेर सामाजिक सञ्जालमार्फत खुलासा गरेकी पनि जनाइन् ।

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको केही समयपछि अभिनेता, निर्माता भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमा भनेका छन्, “खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी ।”

advertisement

भुवन केसीको स्टाटसपछि साम्राज्ञीले त्यसको जवाफ पनि दिएकी छिन् । उनले भुवनको “जुन थालमा खाने त्यही थालमा दुलो पार्ने” भन्ने मान्छे मलाई त्यस्तो व्यवाहार नगरेको भए यो अवस्था कहिले पनि नआउने थियो । यो अवस्थाको जिम्मेदार सबै उनै रहेको बताएकी छिन् ।

उनले जापानमा वल्र्ड फङसन हुँदा समेत पनि आफूमाथि दुव्र्यवहार भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?