advertisement

स्रोतका अनुसार बिस्फोटबाट अरु दुई जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले भने उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेको छ ।

" /> अफगानिस्तानको पूर्वी सीमामा बम बिस्फोट, दुईको मृत्यु - Sarbocha Media

अफगानिस्तानको पूर्वी सीमामा बम बिस्फोट, दुईको मृत्यु

`

     २०७७ ज्येष्ठ २५ गते ५:४४

काबुल, २५ जेठ । पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ बिस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी चढेको कारलाई लक्षित गरी उक्त बिस्फोट गराइएको सुरक्षा स्रोतले जनाएको छ ।

पाकिस्तान–अफगानिस्तानको यो सीमाक्षेत्र मुलुकमै सबैभन्दा डरलाग्दो मानिन्छ । गत मे महिनामा पनि तालिबान समूहको आक्रमणमा यहाँ १४ जना अफगान सैनिकको ज्यान गएको थियो ।

advertisement

स्रोतका अनुसार बिस्फोटबाट अरु दुई जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले भने उक्त घटनाका बारेमा बताउन अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?